moneygram ime

गृहपृष्ठ काठमाडौँ महानगरका मेयर र उपमेयरले लिए शपथ 

काठमाडौँ महानगरका मेयर र उपमेयरले लिए शपथ 

काठमाडौँ महानगरका मेयर र उपमेयरले लिए  शपथ 
citizen life insurance

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । 

मुख्य निर्वाचन अधिकृत काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । 

मेयर साहले सुरुमा नेपाली भाषामा शपथ लिएका थिए भने त्यसपछि नेपाल भाषामा शपथ लिएका थिए । त्यस्तै, नवनिर्वाचित उपमेयर सुनिता डंगोलले समेत पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।

उपमेयर डंगोललाई मेयर साहले सपथ ग्रहण गराएका हुन् । उपमेयर डंगोलले भने नेपाल भाषामै शपथ लिएकी हुन् । मेयर साहले नेपाली भाषामा शपथ ग्रहण गराउँदा डंगोलले नेपाल भाषामा शपथ लिएकी हुन् । 

मेयर साहले काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित वडाध्यक्ष, नगर कार्यसमिति सदस्यहरूलाईसमेत पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । 

प्रकाशित समय १९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank