nmb bank

गृहपृष्ठ काठमाडौं महानगरपालिका-३० मा कांग्रेस विजयी

काठमाडौं महानगरपालिका-३० मा कांग्रेस विजयी

काठमाडौं महानगरपालिका-३० मा कांग्रेस विजयी

काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेस विजयी भएको छ । सो वडामा दलबहादुर कार्कीको प्यानल नै विजय भएको छ । कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कृष्णभक्त खड्गीलाई एक हजार १४५ मतान्तरले हराएका छन् ।

कार्कीले दुई हजार ६१ तथा खड्गीले ९१६ मत प्राप्त गरे । त्यसैगरी सदस्यमासमेत कांग्रेसका मनोजकुमार डंगाेल र मिलनकुमार खड्का क्षत्री विजयी भएका छन् । महिला सदस्य र दलित महिला सदस्यतर्फ पनि कांग्रेसकै क्रमशः इन्दिरा श्रेष्ठ सिंह र शर्मिला सुडी विजयी भएकाे काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

त्यस्तै प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र उपप्रमुखमा सुनिता डंगाेलले अग्रता कायम गरेका छन् । वडा नम्बर १, २, ३, ४, ५ र ३० को मत परिणाम सार्वजनिक भइसकेको छ । काठमाडाैं महानगरका कूल मतदाता तीन लाख २४२ रहेकाेमा एक लाख ९० हजारभन्दा बढी मत खसेको थियो ।

प्रकाशित समय : १५:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु