global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौं महानगरपालिकाको ४४.२४ प्रतिशत बजेट खर्च

काठमाडौं महानगरपालिकाको ४४.२४ प्रतिशत बजेट खर्च

काठमाडौं महानगरपालिकाको ४४.२४ प्रतिशत बजेट खर्च

गत आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले ४४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ । आज काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो ।

गत आर्थिक वर्षका लागि काठमाडौं महानगरपालिकाले १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार बजेट विनियोजन गरेको थियो । जसमा सात अर्ब ३१ करोड ३५ लाख २९ हजार चार सय ४२ खर्च भएको छ ।

बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयन गराउनुपर्नेमा जोड दिए ।

जनप्रतिनिधिले बनाएका नीतिहरु कर्मचारीहरुले प्रभावकारी कार्यान्वयन गरी जनताले हेर्न, देख्न र महसुस गर्ने ठाउँ रहेको भन्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले, प्राथमिकता र जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर चालु आर्थिक वर्षका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे ।

बैठकमा विभाग, आयोजना, एकाइ, सचिवालय गरी २४ क्षेत्रबाट प्रस्तुतीकरण हुनेछ । गएको वर्ष स्वीकृत नीति तथा कार्यक्रमका आधारमा कार्यान्वयन गरिएका र गर्न नसकिएका कार्यक्रमको मूल्यांकनका लागि समीक्षा बैठक आयोजना गरिएको हो ।

प्रकाशित समय : १७:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु