गृहपृष्ठ कलंकीबाट खसी बजार हटाउन काठमाडौं महानगरपालिकाको निर्देशन
कलंकीबाट खसी बजार हटाउन काठमाडौं महानगरपालिकाको निर्देशन
काठमाडौं महानगरपालिकाले काठमाडौंबाट खसी बजार हटाउन निर्देशन दिएको छ ।
महानगरपालिकाले एक सूचना जारी गर्दै १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको हो ।
खसी बजारका कारण छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर पर्नुका साथै नदी प्रदूषण भएकोले खसीबजार हटाउन लागेको महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित समय : १४:५५ बजे



















