global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालमा सुधार प्रक्रिया, उड्डयन सुरक्षा र प्रेस स्वतन्त्रतामा निरन्तर प्रगति आवश्यक : ईयू राजदूत लोरेन्जो

नेपालमा सुधार प्रक्रिया, उड्डयन सुरक्षा र प्रेस स्वतन्त्रतामा निरन्तर प्रगति आवश्यक : ईयू राजदूत लोरेन्जो

नेपालमा सुधार प्रक्रिया, उड्डयन सुरक्षा र प्रेस स्वतन्त्रतामा निरन्तर प्रगति आवश्यक : ईयू राजदूत लोरेन्जो

काठमाडौं । नेपालका लागि युरोपेली संघ (ईयू)की राजदू भेरोनिक लोरेन्जोले नेपाल सरकार विभिन्न सुधारका क्षेत्रमा सक्रिय रूपमा अघि बढिरहेको बताएकी छिन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काठमाडौँ र नयाँ दिल्लीस्थित ईयू तथा सदस्य राष्ट्रका राजदूतहरू र अन्य कूटनीतिक प्रतिनिधिसँग भएको संयुक्त भेटपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालसँगको सहकार्य, सुशासन, उड्डयन सुरक्षा सुधार, प्रेस स्वतन्त्रता र युवा नीतिबारे महत्वपूर्ण धारणा व्यक्त गरिन् ।

उनले सेवा प्रवाह र नियामक निकायका कार्यहरू छुट्याउने तयारीलाई सकारात्मक भएको उल्लेख गर्दै यस्तो अभ्यास धेरै देशमा अपनाइने भएकाले स्वार्थको द्वन्द्व कम गर्न सहयोग पुग्ने धारणा राखिन्। तर, यसको कार्यान्वयन कसरी गरिन्छ भन्ने कुरा महत्वपूर्ण हुने उनको भनाइ थियो।
उड्डयन सुरक्षाबारे बोल्दै उनले नेपाल अझै पनि ईयूको एयर सेफ्टी सूचीमा रहेको र यसबाट बाहिर निस्कन आवश्यक सुधार अपेक्षित गतिमा नभएको बताइन्। नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित निकायमा प्रशिक्षण, प्रमाणिकरण र नियामक अनुगमन प्रणाली सुधार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। ईयूले सन् २०१३ देखि प्राविधिक सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहकार्य जारी रहने उनले स्पष्ट गरिन्।

प्रेस स्वतन्त्रताबारे उनले नेपालमा मिडिया स्वतन्त्रता तुलनात्मक रूपमा राम्रो रहेको उल्लेख गर्दै डिजिटल युगमा गलत सूचना, ट्रोलिङ र लैङ्गिक हिंसा जस्ता चुनौती बढ्दै गएको बताइन्। आलोचना गर्न सकिने वातावरण रहनु सकारात्मक भएको भन्दै प्रेस स्वतन्त्रता कायम राख्नुपर्नेमा उनले जोड दिइन्।

युवासम्बन्धी प्रश्नमा उनले ईयूले नेपालका युवासँग विभिन्न कार्यक्रममार्फत सहकार्य गरिरहेको बताइन्। जलवायु संरक्षण, स्थानीय शासन र समुदाय विकासमा युवालाई समेटेर काम भइरहेको उल्लेख गर्दै कञ्चनजङ्घा संरक्षण क्षेत्रको कार्यक्रम उदाहरणका रूपमा प्रस्तुत गरिन्।

उनले नेपालले प्रतिस्पर्धात्मक क्षमता बढाउन र आवश्यक सुधार अघि बढाउनुपर्नेमा जोड दिइन्।

प्रकाशित समय : १७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु