गृहपृष्ठ मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
जनकपुर । मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मंगलबार साँझ मन्त्रिपरिषद् विस्तार गर्दै मेधश प्रदेश सरकारमा नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी सहभागी भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयता शपथ ग्रहण गराएका छन् ।
विस्तार भएको मन्त्रिपरिषद्मा युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने लखनदास तत्मालाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, शारदादेवी थापालाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएको छ भने मनोज कुमार सिंहलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नागेन्द्र शाहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने विना विभागीय मन्त्रीको रुपमा रहेका मोहम्मद समीरलाई भौतिक तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रकाशित समय : २०:२८ बजे



















