गृहपृष्ठ Tag: स्थानीय तह निर्वाचन
नेकपा एमालेले निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमाले महासचिव शंकर पोखरल निर्वाचन आयोग पुगेर आचारसंहिताबारे पार्टीकाे धारणा पत्र बुझाएका हुन् । आयोगले जारी गरेको आचारसंहितामा त्रुटि देखिएको र त्यसलाई सच्याउन माग गर्दै आयोगको ध्यानाकर्षण गराइएको महासचिव पोखरेलले जानकारी दिए । एमालेले...
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा यतिखेर आफूनजिक रहेको पार्टीबाट टिकट लिन खोज्ने र दिने ठेक्का परेका ‘ठालु’हरुको सरगर्मी निकै बढेको छ । पाँच वर्षपछि हुन लागेको आवधिक निर्वाचनमा भाग लिन आफू नजिकको पार्टीसँग टिकटको इच्छा राख्नु स्वाभाविकै पनि हो...
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण स्रोत, साधन र जनशक्तिलाई स्थानीय तह निर्वाचनमा केन्द्रित तुल्याउन निर्देशन दिएका छन् । सरकारको स्वामित्वमा रहेका सार्वजनिक सञ्चारमाध्यमका प्रमुख र प्रतिनिधिसँगको छलफलमा उनले सिंगाे मुलुक नै निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, मितव्ययी र भयरहित तुल्याउन केन्द्रित रही...
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक नियम कानुनको पूर्णपालना गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचन आयोगले ती दलका प्रतिनिधिलाई आज आयोगमा आमन्त्रण गरी...
आगामी स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बिहीबार बिहान १० बजेका लागि बैठक बोलाइएको हो । आगामी स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने वा नगर्ने भन्ने...
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा अन्य दलसंग चुनावी तालमेल गर्ने नीतिगत निर्णय गरेको छ । शुक्रबार सुरु भएर मंगलबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । यसअघि आउँदो वैशाख ३०...
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा तयारी तीव्र पारिएको छ । निर्वाचनका लागि जिल्लामा २०० कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय दलको मान्यता नपाएका अन्य दल दर्तादेखि स्थानीय तहसँगको समन्वयमा मतदाता...
निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचन प्रयोजनाका लागि दर्ता भएका राजनीतिक दललाई आ-आफ्नै निर्वाचन चिह्न प्रदान गर्ने भएको छ । दलको राष्ट्रिय मान्यताप्राप्त नगरेका अन्य दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न दिने आयोगले निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।...
आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख बढी मतदाता हुने भएका छन् । निर्वाचन आयोगका अनुसार वैशाख ३० को निर्वाचनका लागि आइतबार बसेको आयोगको बैठकले अन्तिम नामावली टुंगो लगाएको हो । जस अनुसार १ करोड...
निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संघसंस्थालाई निवेदन दिन आह्वान गरेको छ । निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन गरेका राष्ट्रिय संघसंस्था र व्यक्तिबाट निर्वाचन पर्यवेक्षण गराउन निवेदनका लागि आयोगले...













