गृहपृष्ठ स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता
स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता
आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख बढी मतदाता हुने भएका छन् । निर्वाचन आयोगका अनुसार वैशाख ३० को निर्वाचनका लागि आइतबार बसेको आयोगको बैठकले अन्तिम नामावली टुंगो लगाएको हो ।
जस अनुसार १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता आगामी निर्वाचनमा सहभागी हुन पाउने भएका हुन् । जसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने महिला मतदाताको संख्या ८७ लाख ४१ हजार ५ सय ३० जना रहेको छ । त्यस्तै अन्यमा १८३ जना मतदाता छन् ।
सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन् भने सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेको आयोगले जनाएको छ ।
प्रकाशित समय : ०१:२४ बजे



















