गृहपृष्ठ कामना सेवा विकास बैंकको १३४औँ शाखा धनगढीमा
कामना सेवा विकास बैंकको १३४औँ शाखा धनगढीमा
कामना सेवा विकास बैंकले धनगढीमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा कैलाली जिल्लाको धनगढी उप-महानगरपालिका, वडा नम्बर ७ मोतीचोक मा १३४औँ शाखा कार्यालय स्थापना गरी आज चैत्र १३ गतेदेखि कारोबार शुभारम्भ गरेको हो ।
बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकलाई उच्च स्तरको बैंकिङ सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।
बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।
प्रकाशित समय : १२:३३ बजे



















