global ime bank Long Banner Ad

गृहपृष्ठ कश्मीरमा विरोध प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

कश्मीरमा विरोध प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

कश्मीरमा विरोध प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

कश्मीरमा प्रहरी र आन्दोलनरथ समुहका सदस्यहरू बिचको झडपमा परि मृत्यु हुनेको सङ्ख्या २० जना पुगेको एएफपीले जनाएको छ ।

आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटी जेएएसी का समर्थकहरूले गत हप्ता आतङ्कवाद विरोधी कानुन अन्तर्गत प्रतिबन्ध लगाइएको भए पनि विरोध प्रदर्शनका साथ अगाडि बढिरहेको जनाइएको छ ।

यस अघि तीन जना सर्वसाधारण र चार जना प्रहरी अधिकारीसहित सात जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूलाई उल्लखे गर्दै एएफपीले जनाएको छ ।

स्थानीय सरकारका शिक्षा मन्त्री मलिक जफरले आफ्नो निर्वाचन क्षेत्र कोटलीमा यस हप्ता प्रदर्शनकारी र प्रहरीबीचको झडपमा सात जनाको मृत्यु भएको बताएको एएफपीले जनाएको छ ।

रावलकोट सहरका शीर्ष नागरिक अधिकारी आयुक्त सरदार वाहिदले चार जना प्रहरी अधिकारीसहित १२ जनाको मृत्यु भएको बताउनु भएको छ ।

मिरपुर सहरका वरिष्ठ प्रहरी अधिकारी खुर्रम इकबालले बुधबार प्रहरीसँग भएको झडपमा एक जना प्रदर्शनकारीको मृत्यु भएको बताउनु भएको छ ।

मुख्य सहर मुजफ्फराबादका धेरै पसलहरू यस हप्ता जेएएसीले व्यवसायहरू बन्द गर्न आह्वान गरेको समर्थनमा बन्द भएका छन् भने मोबाइल तथा इन्टरनेटको पहुँच सिमीत गरिएको जनाइएको छ ।

जेएएसीका सदस्यहरूले आर्थिक र राजनीतिक अधिकारका लागि प्रदर्शन गरिरहेको भन्दै उनीहरूलाई आतङ्कवादी समूहको रूपमा “दमन“ गरेकोमा निन्दा गरेका छन् ।

जेएएसीको नेतृत्वमा प्रहरी र प्रदर्शनकारीहरू बिचको हिंसात्मक झडपले यसअघि सेप्टेम्बरमा हिमालय क्षेत्रमा कब्जा गरेको थियो, जसमा नौ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।रासस

 

प्रकाशित समय : १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु