global ime bank Long Banner Ad

गृहपृष्ठ शान्ति, सुरक्षा र सामुदायिक सचेतनाका लागि लुम्बिनी प्रदेश प्रहरीको तीनदिने विशेष अभियान

शान्ति, सुरक्षा र सामुदायिक सचेतनाका लागि लुम्बिनी प्रदेश प्रहरीको तीनदिने विशेष अभियान

शान्ति, सुरक्षा र सामुदायिक सचेतनाका लागि लुम्बिनी प्रदेश प्रहरीको तीनदिने विशेष अभियान

सिद्धार्थनगर । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आधुनिक सूचना प्रविधिको प्रयोगमार्फत समुदायलाई सचेत बनाउँदै शान्ति, सुरक्षा र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने विशेष कार्यक्रम सार्वजनिक गरेको छ।

कार्यक्रमबारे जानकारी दिन आज आयोजित पत्रकार भेटघाटमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले प्रविधि, शान्ति र सामुदायिक सचेतनालाई एकीकृत गर्दै विशेष कार्ययोजना अघि सारिएको बताए।

उनका अनुसार बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा ‘ह्याक फर सेफ्टी’ कार्यक्रम सञ्चालन गरिनेछ भने बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा सामुदायिक जागरूकता कार्यक्रम आयोजना हुनेछ। साथै बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पदयात्रा पनि सञ्चालन गरिनेछ।

प्रहरी नायब महानिरीक्षक खत्रीले सार्वजनिक सुरक्षासम्बन्धी चुनौतीसँग सामना गर्न आधुनिक सूचना प्रविधिको प्रभावकारी उपयोग आवश्यक रहेको बताए। उजले ‘ह्याक फर सेफ्टी’ कार्यक्रममार्फत युवा, विद्यार्थी, डेभलपर तथा नवप्रवर्तनकर्तालाई सार्वजनिक सुरक्षा, साइबर अपराध नियन्त्रण, अनुसन्धान सहयोग तथा प्रहरी सेवासँग सम्बन्धित समस्याको समाधानका लागि नवीन सोच र प्रविधि विकास गर्न प्रेरित गरिने जानकारी दिए।

प्रदेश प्रहरीका अनुसार बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने शान्ति पदयात्राले शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र सामूहिक जिम्मेवारीको सन्देश प्रवाह गर्नेछ। पदयात्रामा विद्यार्थी, अभिभावक, नागरिक समाज, स्थानीय समुदाय तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

त्यसैगरी, बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने सामुदायिक जागरूकता कार्यक्रममा साइबर अपराध, लागुऔषध दुव्र्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण, डिजिटल सुरक्षा तथा सामाजिक विकृतिविरुद्ध जनचेतना अभिवृद्धि गर्ने विविध कार्यक्रम सञ्चालन गरिनेछन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जेठ ३० गतेदेखि सुरु भई असार १ गतेसम्म सञ्चालन हुने यस विशेष अभियानमा व्यापक जनसहभागिता रहने विश्वास व्यक्त गर्नुभयो। उनले अभियानले प्रदेशमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न सकारात्मक योगदान पुग्ने अपेक्षा पनि व्यक्त गरे।

प्रकाशित समय : १७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु