गृहपृष्ठ सानिमा बैंकको भिसा कार्ड प्रयोग गर्दा यी होटलमा पाइन्छ विशेष छुट

सानिमा बैंकको भिसा कार्ड प्रयोग गर्दा यी होटलमा पाइन्छ विशेष छुट

सानिमा बैंकको भिसा कार्ड प्रयोग गर्दा यी होटलमा पाइन्छ विशेष छुट

सानिमा बैंकले र्‍याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटलको सेवाहरूमा छुट दिनेसम्बन्धमा सम्झौता गरेको छ । सम्झौतासँगै अब ग्राहकले सानिमा भिसा कार्ड (डेबिटरक्रेडिट)र सानिमा सजिलो ई-बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा र्‍याडिसन होटलमा १० प्रतिशत छुट, द एभरेष्ट होटलमा १५ प्रतिशत छुट, होटल अकामामा २० प्रतिशत छुट र अलफ्ट काठमाडौं ठमेलमा १५ प्रतिशत छुट पाउनेछन् । यी होटलहरूमा प्रदान गरिने विभिन्न सेवाहरूमा पनि विशेष  छुट उपलब्ध हुनेछन् ।

सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइटबाट आवेदन दिन सकिन्छ । बैंकको देशका सातै प्रदेशमा १२६ वटा कार्यालय तथा ११४ वटा एटिएम सञ्चालनमा छ । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था गरिएको छ ।

छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।

प्रकाशित समय : १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु