गृहपृष्ठ चाडपर्व लक्षित बजाजको निःशुल्क मोटरसाइकल चेकअप क्याम्प, सर्भिसमा विशेष छुट
चाडपर्व लक्षित बजाजको निःशुल्क मोटरसाइकल चेकअप क्याम्प, सर्भिसमा विशेष छुट
काठमाडौं । बजाज मोटरसाइकलले चाडपर्वलाई लक्षित गर्दै नेपालभर राष्ट्रिय निःशुल्क चेकअप क्याम्प सञ्चालन गर्ने भएको छ ।
कम्पनीका अनुसार असोज ४ देखि असोज ९ गतेसम्म नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा पुगेर ग्राहकले मोटरसाइकलको निःशुल्क व्यावसायिक चेकअप गराउन सक्नेछन् ।
चाडपर्वको समयमा यात्राको संख्या तथा दूरी बढ्ने भएकाले यात्रा अघि मोटरसाइकलको अवस्था जाँच गरी सम्भावित मर्मतसम्भारका आवश्यकता समयमै पहिचान गर्न ग्राहकलाई प्रोत्साहित गरिएको कम्पनीले जनाएको छ ।
चेकअपका क्रममा थप मर्मतसम्भार वा पार्टपुर्जा फेर्नुपर्ने आवश्यकता देखिएमा ग्राहकले विभिन्न सेवामा विशेष छुटसमेत प्राप्त गर्नेछन् । क्याम्प अवधिभर लेबर चार्जमा ५० प्रतिशत, इन्जिन आयलमा १६ प्रतिशत, स्पेयर पार्ट्समा १० प्रतिशत र युरोग्रिप टायरमा १० प्रतिशत छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
बजाजका अनुसार नियमित निरीक्षण तथा समयमै गरिने मर्मतसम्भारले सम्भावित समस्यालाई ठूलो समस्या बन्नुअघि नै पहिचान गर्न सहयोग गर्छ । त्यसैले चाडपर्वको यात्रामा निस्कनुअघि मोटरसाइकलको अवस्था जाँच गर्नु महत्वपूर्ण रहेको कम्पनीको भनाइ छ ।
यसका लागि ग्राहकले छुट्टै कार्यक्रमस्थल वा तोकिएको क्याम्पमा जानुपर्ने छैन । नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा पुगेर उक्त अवधिभर निःशुल्क चेकअप सेवा लिन सकिनेछ ।
बजाजले बिक्रीपछिको सेवामार्फत ग्राहकसँगको सम्बन्धलाई निरन्तरता दिँदै आएको जनाएको छ । राष्ट्रिय निःशुल्क चेकअप क्याम्पमार्फत ग्राहकलाई सहज रूपमा व्यावसायिक सर्भिस तथा मर्मतसम्भार सुविधा उपलब्ध गराउँदै सुरक्षित, सहज र भरपर्दो चाडपर्वको यात्राका लागि मोटरसाइकल तयार राख्न सहयोग गर्ने कम्पनीको उद्देश्य रहेको छ ।
प्रकाशित समय : १७:५६ बजे


















