गृहपृष्ठ अल न्यु किया के३ सेल्टोस नेपाली बजारमा
अल न्यु किया के३ सेल्टोस नेपाली बजारमा
किया नेपालले अल न्यु किया के३ सेल्टोस नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंको गैरीधारास्थित सिल्भर ओकमा विशेष समारोह आयोजना गरी उक्त एसयुभी सार्वजनिक गरेको हो । तेस्रो पुस्ताको यो सेल्टोसमा डिजाइन, सुरक्षा, प्रविधि, आराम र कार्यक्षमतामा व्यापक अपग्रेडहरू समावेश छन् ।
कियाको नयाँ के३ प्लेटफर्ममा निर्मित अल न्यु किया के३ सेल्टोसमा ठूलो र बलियो बडी संरचना छ, जसले थप फराकिलो क्याबिन, उच्च स्तरको आराम र परिष्कृत ड्राइभिङ अनुभव प्रदान गर्छ । भारतमा रहेको कियाको अत्याधुनिक प्लान्टमा निर्मित यो मोडल विश्वका ९० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ ।
यो नयाँ एसयुभीमा ‘लेभल २ एडिएस’, २१ वटा स्ट्यान्डर्ड सुरक्षा सुविधा, ६ वटा एयरब्याग, प्यानोरामिक डिस्प्ले र प्यानोरामिक सनरुफ जस्ता विशेषताहरू छन्, जसले यसलाई आफ्नो सेगमेन्टकै सबैभन्दा धेरै सुविधायुक्त एसयुभीमध्ये एक बनाएको छ ।
अल न्यु किया के३ सेल्टोसले ८१ मा ७६.७ अंक प्राप्त गर्दै ‘फाइभ–स्टार बीएनसीएपी’ सुरक्षा रेटिङ हासिल गरेको छ, जुन यस सेगमेन्टकै उत्कृष्ट सुरक्षा स्कोरहरूमध्ये एक हो ।
एसयुभी सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै किया नेपालका कार्यकारी उपाध्यक्ष रेखा घिमिरेले भन्नुभयो, ‘अल न्यु किया के३ सेल्टोसमा नेपाली ग्राहकलाई उन्नत प्रविधि, प्रिमियम डिजाइन र उत्कृष्ट सुरक्षा प्रदान गर्ने कियाको प्रतिबद्धता झल्किन्छ । हामीलाई विश्वास छ यसले एसयूभी सेगमेन्टमा एक नयाँ स्तर कायम गर्नेछ ।
अल न्यु किया के३ सेल्टोसलाई अघिल्लो पुस्ताको सेल्टोससँगै विक्री गर्ने कम्पनीको योजना छ । जसले ग्राहकलाई विभिन्न मूल्य र विशेषताहरूका आधारमा छनोटको फराकिलो विकल्प दिनेछ । यो एयुभी अहिले देशभर रहेका किया नेपालका आधिकारिक
प्रकाशित समय : १७:१८ बजे



















