global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालको अर्थतन्त्रमा एआई क्षमताको विकास जरुरी, नेपाल–भारतबीच सहकार्य आवश्यक (भिडियो सहित)

नेपालको अर्थतन्त्रमा एआई क्षमताको विकास जरुरी, नेपाल–भारतबीच सहकार्य आवश्यक (भिडियो सहित)

नेपालको अर्थतन्त्रमा एआई क्षमताको विकास जरुरी, नेपाल–भारतबीच सहकार्य आवश्यक  (भिडियो सहित)

काठमाडौं । भारतको अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी सर्वम् एआईका सह–संस्थापक डा.प्रत्यूष कुमारले उदयमान अर्थतन्त्र भएको देश नेपालले एआईका टुल्सहरु प्रयोगमा ढिला गर्न नहुने सुझाव दिएका छन् ।

नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई)ले नेपालस्थित भारतीय दूतावाससँगको सहकार्यमा काठमाडौंमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले कृत्रिम बुद्धिमत्ताले विश्वव्यापी रूपमा अर्थतन्त्र, उद्योग र शासनलाई द्रुत रूपमा आकार दिँदै गएकाले नेपालजस्ता उदीयमान अर्थतन्त्रले एआईको प्रयोगमा ध्यान दिनुपर्ने औंल्याए ।

उदीयमान अर्थतन्त्रहरूले सार्वभौम एआई क्षमताहरू निर्माण गर्नुपर्नेमा उनको जोड थियो ।

स्वदेशी एआई क्षमताहरू निर्माण गर्न दुई देशहरू बीच छलफल र सहयोग आदनप्रदान जरुरी रहेको पनि उनले बताए । उनले एआईका सम्भावनाहरू छलफल गर्न व्यवसाय, सरकार, शिक्षाविद् र प्रविधि क्षेत्रका व्यक्तिहरु एकै ठाउँमा आउनुपर्ने बताए ।

स्टार्टअपहरू, एसएमईहरू, नीति निर्माताहरू, शिक्षाविद्हरू र लगानीकर्ताहरूलाई उत्पादकता, उद्यमशीलता र आर्थिक रूपान्तरणको लागि एआईबाट लाभ उठाउन सक्नेगरी योजनाहरु बनाउनुपर्नेमा उनको जोड थियो ।

उनले स्थानीय आवश्यकता र प्राथमिकताहरूलाई सम्बोधन गर्ने क्षमताहरूको विकास गर्दै विश्वव्यापी एआई परिदृश्यमा नेपालले कसरी रणनीतिक रूपमा आफूलाई तयार गर्ने भन्नेबारेपनि गम्भीर छलफल आवश्यक भएको बताए ।

नेपाली उद्यमी एवम आइटी क्षेत्रका व्यक्तिहरुसँग भएको अन्तरक्रियामा उनले नेपालमा डाटा सेन्टर सञ्चालन आफैंमा एक गहिरो प्राविधिक काम भएकाले सम्बन्धित निकायका व्यक्तिहरुलाई प्रारम्भिक चरणमा तालिम प्रदान गर्नुपर्ने बताए ।

सो अवसरमा एनआईसीसीआईका सुनील केसीले सहभागीहरूलाई स्वागत गर्दै नेपाल र भारत बीच प्रविधिबाट संचालित योजनाहरुमा सहयोग आवश्यक रहेको बताए ।

उनले सर्वम एआईलाई नेपालमा अवसरहरूको खोजी गर्न प्रोत्साहित गर्न, सहकार्य गर्न, नवप्रवर्तन नेतृत्वमा लगानी गर्न, ज्ञान हस्तान्तरण र बलियो प्रविधि साझेदारीलाई समर्थन गर्न सक्ने कुरामा जोड दिए ।

कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव (वाणिज्य)सुमन शेखर र नेपाल विश्वविद्यालयका कुलपति डा.बिन्दुनाथ लोहनीले पनि सम्बोधन गरेका थिए।

सो अवसरमा व्यवसाय, सरकार, शिक्षा, स्टार्टअप र प्रविधि क्षेत्रका नेताहरूलाई एआई सहकार्य, डिजिटल पूर्वाधार, प्रतिभा विकास र क्षेत्रीय नवप्रवर्तनमा विशेष जोड दिएको थियो ।

प्रकाशित समय : १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु