गृहपृष्ठ समाज
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको बाँसबारीस्थित न्युरो अस्पतालमा साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पताल प्रशासनले जनाएको छ । लामो समय बेलायतमा उपचार गराएर डा. देवकोटा केही महिनाअघि नेपाल फर्किएका थिए...
बुटवल उपमहानगरपालिका–७, दिपनगरबाट केही दिनअघि अपांगता परिचयपत्रका लागि वडा कार्यालयबाट कमला रोकाले सिफारिस बनाइन् । वर्षौंदेखि नगरमा बस्दै आएकी उनको अपांगता परिचयपत्र बनेको छैन । परिचयपत्र नभएकै कारण राज्यले प्रदान गर्ने सेवा सुविधाबाट उनी वञ्चित छिन् । बुटवल उपमहानगरपालिकाको सिफारिस...
ललितपुरमा वार्षिक रुपमा मनाइने ऐतिहासिक न्यकु जात्रा (मतयाः)का आयोजक समुदायले मात्र बजाउने परम्परा रहेको दमोखिं बाजाको इतिहासमै पहिलो पटक बादन प्रतियोगिता शनिवारबाट शुरु भएको छ । संस्कृति संरक्षण गर्ने उद्धेश्यले न्यकू जात्रा मतयाः व्यवस्था समिति र पाटन जेसिसले न्यकू जात्रा...
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगिहरुलाई आवश्यक परेजति विजुली दिन सकिने बताएका छन् । आइतबार काठमाडौँमा विशेष आर्थिक क्षेत्र (सेज), नेपाल आर्थिक पत्रकार समाज (सेजन) र युके एडको संयुक्त कार्यक्रममा घिसिङले उद्योगहरु नियमित रुपमा संचालन गर्न आवश्यक विद्युत...
मुस्लिम धर्मावलम्बीहरुको महान चाड इद–उल फित्र (इद) धुमधामका साथ मनाइएको छ । एक महिना सम्म रोजा(ब्रत) बसेर शनिवार ब्रत तोडी एक आपसमा शुभकामना साटासाट गरी ईद मनाइएको हो । बुटवलमा पनि मदिना मदरसा मस्जिद प्रबन्ध परिषदको आयोजनामा समुहिक नमाज...
थाहाबासी एवं पूर्वविद्यार्थीहरुको सक्रियतामा मकवानपुरमा थाहा–७ शैक्षिक गुणस्तर अभिवृद्धि अभियान समिति गठन भएको छ । शैक्षिक क्षेत्रको सर्वाङ्गिण विकास र अन्य विकास निर्माणलगायतका काममा हुने ढिलासुस्तीमा खबरदारी गर्न तथा जनतालाई जागरुक गराउने उद्देश्यले रघुनाथ बजगाँईको संयोजकत्वमा नौ सदस्यीय समिति गठन...
राजधानी काठमाडौं लगायतका क्षेत्रमा धमिलो वर्षा भएको छ । धमिलो वर्षाले पारेको प्रभाव सामाजिक सञ्जालभरी देखिन्छ । धमिलो वर्षा किन भइरहेको छ ? यसका बारेमा सर्वत्र चासो र चिन्ता छ । मौसम पूर्वानुमान महशाखाका अनुसार भारतको राजस्थान आसपासको क्षेत्रमा चलेको...
वडाको विकासमा युवावर्गको सहभागितालाई सुनिश्चित गर्नुपर्ने खाँचो सम्बद्ध व्यक्तिहरुले औंल्याएका छन् । ललितपुर महानगरपालिका–११ शिक्षा, युवा तथा खेलकुद समितिले शुक्रबार च्वबु गाहिटीमा आयोजना गरेको ‘वडाको विकासमा युवावर्गको भूमिका’ विषयक अन्तर्क्रिया विकासमा युवा सहभागिता औंल्याइएको हो । वडाको योजना तर्जुमा र...
चितवनमा माइक्रो बस र ट्रक आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् । काठमाडौँबाट नारायणगढ आइरहेको ना ६ ख ४०६४ नम्बरको ट्रक र पोखराबाट काठमाडौं गइरहेको ग १ ख ७६९२ नम्बरको...
एक अध्ययनले दाङमा अझैसम्म पनि २१ जना बालिका कमलरीका रुपमा रहेका र त्यसमध्ये पनि ११ जना १६ वर्षभन्दा कम उमेरका रहेको देखाएको छ । दाङसहित पश्चिम नेपालका पाँच जिल्लामा अहिले पनि ९७ जना बालिका कमलरीकै रुपमा अर्काको घरमा काम गरिरहेको...














