गृहपृष्ठ खुसी साटासाट गर्दै मनाइयाे इद
खुसी साटासाट गर्दै मनाइयाे इद
मुस्लिम धर्मावलम्बीहरुको महान चाड इद–उल फित्र (इद) धुमधामका साथ मनाइएको छ । एक महिना सम्म रोजा(ब्रत) बसेर शनिवार ब्रत तोडी एक आपसमा शुभकामना साटासाट गरी ईद मनाइएको हो ।
बुटवलमा पनि मदिना मदरसा मस्जिद प्रबन्ध परिषदको आयोजनामा समुहिक नमाज पढ्नुको साथै शुभकामना आदान प्रदान गरेर ईद मनाइएको छ । एक महिना सम्मको उपवास बस्दै आज इद मनाउन पाउँदा हर्सित भएको मदिना मदरसा मस्जिद प्रबन्ध परिषद् का संरक्षक हाजी जमाल मियाँ जानकी दिए ।
एक महिनाको रोजा समाप्ति सँगै आज सेवई, खिर, लगायत मीठो मीठो परिकार खाँदै आफन्त, असाहयहरु सँग खुसी साटा–साट गरेको परिषद का अध्यक्ष बबर अलि मियाले जानकारी दिए ।
तस्वीरः
प्रकाशित समय : ०१:३४ बजे




















