काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

11.22K
shares

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको बाँसबारीस्थित न्युरो अस्पतालमा साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पताल प्रशासनले जनाएको छ । लामो समय बेलायतमा उपचार गराएर डा‍. देवकोटा केही महिनाअघि नेपाल फर्किएका थिए ।

नेपालमै रहँदा बिरामी भएपछि डा. देवकोटा बेलायतको लन्डनस्थित किंग्स कलेज अस्पतालमा भर्ना भएका थिए । उनको पित्तथैली र नलीवरपर क्यान्सर फैलिएपछि शल्यक्रिया गरिएको थियो । तर, उपचार असम्भव भएपछि देवकोटाकै इच्छाअनुसार नेपाल फर्काइएको थियो ।