गृहपृष्ठ गण्डकी
पर्वतका एक दम्पतीले गाउँमा स्वास्थ्यचौकीको भवन बनाउन ३० लाख पर्ने जग्गा दान गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा सहरी स्वास्थ्यचौकीको भवन बनाउनका लागि जग्गा अभाव भएपछि स्थानीय छत्रबहादुर क्षेत्री र श्रीमती भद्रकलाले पाँच आना जग्गा दान गरेका हुन्...
महिलाहरुको मुख्य पर्व हरितालिका तीजका अवसरमा भदौ तेस्रो साता पोखराको लामाचौरमा महोत्सव आयोजना गरिएको छ । नव आदर्श सामुदायिक विकास समाजको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महोत्सवमा महिला भलिबल प्रतियोगितासमेत आयोजना गरिएको अध्यक्ष बमबहादुर गुरुङले जानकारी दिए । ‘मौलिक संस्कृतिको...
जेठोबुढो कास्कीको रैथाने धान हो । फेवातालको सिरान पामे सबैभन्दा बढी जेठोबुढो झुल्ने फाँट हो । अर्मला, आर्वा, कुँडहरका साथै लेखनाथका विभिन्न फाँटमा पनि जेठोबुढो धान पर्याप्त फल्छ । मगमग बास्नाका साथै स्वादिलो जेठोबुढोको माग पोखरासहित देशका प्रमुख शहरमा...
प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारका लागि टाउकोमाथि तरबार झुन्डिएजस्तै कानुन आउने बताएका छन् । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ कास्की शाखाको संयोजनमा बिहीबार पोखरामा भएको ‘पत्रकार आचारसंहिता जागरण अभियान’मा श्रेष्ठले पत्रकार आचारसंहिता लागू...
पोखरा लेखनाथ महानगपालिकाले कर्मचारीको सुविधाका लागि बस सेवा सुरु गरेको छ । महानगरमा कार्यरत कर्मचारीलाई कार्यालय आउजाउ गर्न सजिलो होस् भनेर बस सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । पौडेलका अनुसार बस सेवाको सुविधा महानगरका जनप्रतिनिधिले...
‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि सेवाश्रम समिति पोखराले आयोजना गरेको १५ अाैं बोलबम जलयात्रा कार्यक्रममा हजारौं श्रद्धालु भक्तजन सहभागी भएका छन् । साउनको दोस्रो सोमबार पनि केदारेश्वर मन्दिरमा जल चढाउन बिहानैदेखि भक्तजन मन्दिर पुगेका...
विधान अधिकारी र रविन गुरुङको जोडीले तेस्रो पुष्पलाल स्मृति गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । ४०औं पुष्पलाल दिवसको सन्दर्भमा सोमबार पोखरा रंगशालामा सम्पन्न भएको फाइनल खेलमा अधिकारी र गुरुङको जोडीले विशाल खड्का र वीरेन्द्र कुँवरको जोडीलाई २१–१७, ११–२१...
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ बाट प्रतिबन्धित लागुऔषधसहित तीन जना युवालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल भित्र्र्याउँदै गरिएका विभिन्न प्रकारका लागुऔषधसहित उनीहरुलाई रङ्गेहात पक्राउ गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बेलासपुर नवलपरासीका सशस्त्र प्रहरी उपरीक्षक गाहारधन...
पोखराको पर्यटनमा नयाँ ‘प्रोडक्ट’ थपिने भएको छ । पोखरा उद्योग वाणिज्य संघले चीनको कुन्मिन नगरको सहयोगमा पोखरामा ‘फस्र्ट हिमालयन माउन्टेन क्रस कन्ट्री च्यालेन्ज’ प्रतियोगिता आयोजना गर्ने भएको हो । पोखरा उद्योग वाणिज्य संघको यो अभियानमा पश्चिमाञ्चल होटल संघले पनि साथ...
वर्षायाममा कालीगण्डकी नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्ने क्रम बढेको छ । सार्वजनिक खरिद ऐन, संघीय र प्रदेश सरकारको आग्रह तथा अदालतको आदेश विपरीत जलजला गाउँपालिकामा हेभी इक्युपमेन्ट (स्काभेटर) प्रयोग गरेर कालीगण्डकीको अवैध दोहन बढेको हो । सार्वजनिक खरीद...













