global ime bank Long Banner Ad

गृहपृष्ठ केदारेश्वरमा भक्तजनको घुइँचो

केदारेश्वरमा भक्तजनको घुइँचो

केदारेश्वरमा भक्तजनको घुइँचो

 

‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि सेवाश्रम समिति पोखराले आयोजना गरेको १५ अाैं बोलबम जलयात्रा कार्यक्रममा हजारौं श्रद्धालु भक्तजन सहभागी भएका छन् । साउनको दोस्रो सोमबार पनि केदारेश्वर मन्दिरमा जल चढाउन बिहानैदेखि भक्तजन मन्दिर पुगेका थिए ।

गेरुवस्त्र धारण गरेका बोलबम जलयात्राका सहभागीले भगवान् शिवको महिमासम्बन्धी भजनकीर्तन र नाचगान गरी रमाइलो गरेका थिए । गाइघाटदेखि झाँकी र भजनकीर्तनसहित बोलबम र्याली निकालिएको हो । गर्मीको कुनै पर्वाह नगरी शुक्लागण्डकीबाट जल लिई सयाैं भक्तजन पैदलयात्रासहित र्यालीमा निस्किएको बोलबम संयोजक शंकर खरालले जनाए ।

bolbam-newskarobar

बोलबम समितिले बगरस्थित गाईघाटबाट सेतीनदीको जल लिएर केदारेश्वर मन्दिरमा चढाउने कार्यलाई झण्डै डेढ दशकदेखि व्यवस्थापन गर्दै आएको छ । केदारेश्वर मन्दिरमा भगवान शिवको आराधना गर्न चारवटै द्वारमा बिहानैदेखि खुला गरिए पनि घुइँचो कारण दिउँसो अबेरसम्म उनीहरु लाइनमै बसेका मन्दिरका सचिव खिमबहादुर पहारीले बताए ।

कतिपय विद्यार्थी स्कुल तथा कलेज ड्रेसमै जल लिएर लाइनमा बसेको पाइन्थ्यो भने कतिपय विदेशी पर्यटकले रमाइलो मानेर हेरेका थिए । भक्तजनलाई यसपटक केदारेश्वर मन्दिरका पूर्वसदस्य लेकसाइड निवासी कृष्णध्वज आचार्य र सावित्री आचार्य दम्पत्तिले प्रसादको व्यवस्था मिलाएका थिए ।

उता, सामाजिक जागरणका लागि नारी अभियानले मन्दिर परिसरमा माग्न बसेका गरिब, दीनदुःखीलाई खिर खुवाएको थियो । बोलबम जलयात्रा साउनका तेस्रो र चौथो सोमबार पनि चल्नेछ । साउन भगवान् शिवको महिना भएको हुँदा भक्तजन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल उठाएर शिवलिंगमा चढाउने चलन छ ।

प्रकाशित समय : ००:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु