गृहपृष्ठ पोखरा लेखनाथ महानगरका कर्मचारी र जनप्रतिनिधिलाई बस सेवा
पोखरा लेखनाथ महानगरका कर्मचारी र जनप्रतिनिधिलाई बस सेवा
पोखरा लेखनाथ महानगपालिकाले कर्मचारीको सुविधाका लागि बस सेवा सुरु गरेको छ । महानगरमा कार्यरत कर्मचारीलाई कार्यालय आउजाउ गर्न सजिलो होस् भनेर बस सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार बस सेवाको सुविधा महानगरका जनप्रतिनिधिले पनि उपयोग गर्न सक्नेछन् । पौडेलले कर्मचारी कार्यालय आउने समयको नियमितता र एकरुपताका साथै सुरक्षालाई समेत मध्यनजर गर्दै बस सेवा सुरु गरेको बताए ।
प्रकाशित समय : १९:५८ बजे



















