गृहपृष्ठ गण्डकी
गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखराका अस्पतालहरुले साँझमा सेवा नदिएको बताएका छन । ट्रेकिङ ईक्यूपमेन्ट सप एशोसियसन (टेसा) पोखराको १२ औँ अधिवेशन एवं २१ औं बार्षिक साधारणसभाको बिहीबार पोखरामा उद्घाटन गर्दै मन्त्री लम्सालले पोखराका अस्पतालहरुले...
कास्कीका दुई युवा रोजगारीका लागि दक्षिण कोरिया पुग्ने लोभमा लाखौं ठगिएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२, चिप्लेटीका नारायण भण्डारी र अमर विक कोरिया पुग्ने लोभमा ठगिएका हुन् । कोरिया पठाइदिने भन्दै कास्की ल्वाङ घलेलका ४६ वर्षीय ओम तामाङले साढे...
पोखरा महानगरपालिका १७ स्थित छोरेपाटन माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १७ बर्षिया सुस्मिता लामिछाने मृत अवस्थामा फेला परेकी छन् । फेवातालमा डुबेको अवस्थामा उनको शव भेटिएको कास्की प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका २२ कोदीमा स्थायी घर भएकी...
देशभर विभिन्न महिला तथा बालिकाहरु हत्या र बलत्कारका घटनाहरु सार्वजनिक भईरहँदा पोखरामा शुक्रबार रहस्यमय घटना घटेको छ । विद्यालयबाट घर फर्केकी एक छात्राको एक दिनपछि शव भेटिएको घटनाले उनको मुत्यूको घटना रहस्यमय बनेको हो । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी मावि...
उच्च हिमाली क्षेत्रका बासिन्दा यतिखेर झुल हालेर सुत्नुपर्छ भन्ने सुन्नु पर्दा धेरैलाई अचम्म लाग्न सक्छ । जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ । हिमाली क्षेत्रमा उष्णता बढ्नाका कारण पनि यही हो । यहाँ समय नहुँदै हिउँ पग्लने र बेमौसम...
पोखरा महानगरपालिकामा गत वर्ष ३ सय ६० रुपैयाँ एकीकृत सम्पत्ति कर बुझाएका एक सेवाग्राहीले यो वर्ष करिब ५ गुणा बढी तिरेका छन् । पोखरा महानगरपालिका–१८ र ६ वडामा गरी एउटा घरसहित ६ रोपनी क्षेत्रफलको गोविन्द तिमिल्सिनाले महानगरपालिकामा एकीकृत सम्पत्ति...
पोखरा क्षेत्रमा हालसम्म अधिकतम १०/१२ तले भवनहरु निमार्ण भए पनि अब करिब १८ तलासम्मको अपार्टमेन्ट निमार्ण गर्ने तयारी छ । पोखराका युवा व्यवसायी बिमल बसेलको नेतृत्वमा पोखरामा निजी क्षेत्रको सम्भवतः ठूलो लगानीमा उक्त प्रोजेक्ट संचालन गर्ने तयारी भएको सोमबार...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा कास्की जिल्लाबाटै बढी उजुरी परेका छन् । गण्डकी तथा धौलागिरीका ११ जिल्ला मध्य कास्कीमा सबैभन्दा बढी उजुरी परेको कार्यालयका प्रमुख कासीराज दाहालले मंगलबार पत्रकार भेटघाट कार्यक्रममा बताए । आर्थिक बर्ष २०७४/०७५ मा कास्कीमा...
प्रथम मिलिजुली व्याडमिन्टन प्रतियोगिताको उपाधि मदन बस्नेत र अजय भण्डारीको जोडीले जितेको छ । पोखरा लामाचौरको नव आदर्श सामुदायिक विकास समाजले लामाचौर तीज महोत्सवको सन्दर्भमा पोखरामा हालै आयोजना गरेको प्रतियोगितामा बस्नेत र भण्डारीको जोडीले अनिल बस्नेत र डम्मर केसीको...
पोखराको पर्यटकीय स्थल फेवातालको अवैध रुपमा दोहन हुँदै आएको पाइएको छ । फेवातालबाट कसैले पानी निकाल्न नपाउने नियम भए पनि हाल केही ठाउँमा स्थानीयबासीले जेनेरेटर नै प्रयोग गरी पानी निकाल्ने गरेका छन् । पोखरा महानगरपालिका भने यस विषयमा बेखबर छ...













