global ime bank Long Banner Ad

गृहपृष्ठ फेवातालको दोहन, पोखरा महानगरपालिका बेखबर

फेवातालको दोहन, पोखरा महानगरपालिका बेखबर

फेवातालको दोहन, पोखरा महानगरपालिका बेखबर

पोखराको पर्यटकीय स्थल फेवातालको अवैध रुपमा दोहन हुँदै आएको पाइएको छ । फेवातालबाट कसैले पानी निकाल्न नपाउने नियम भए पनि हाल केही ठाउँमा स्थानीयबासीले जेनेरेटर नै प्रयोग गरी पानी निकाल्ने गरेका छन् ।

पोखरा महानगरपालिका भने यस विषयमा बेखबर छ । पोखरा महानगरपालिका फेवाताल संरक्षण आयोजनाका प्रमुख ई. महेन्द्रबहादुर गोदारले फेवातालमा जेनेरेटर लगाएर पानी निकाल्दै गरेको बारेमा जानकारी नभएको बताए । ‘कसैले फेवातालबाट पानी निकालेको भेटिएमा ५ हजारदेखि ५० हजारसम्म कारबाही हुन्छ,’ न्युज कारोबारसँग उनले भने, ‘तालबाट पानी निकालेको भेटिए तत्काल कारबाही गछौं, तालबाट कसैले दोहन गर्न पाउँदैन ।”

पोखराको फेवातालमा अर्काेतर्फ जलकुम्भी झारले तालको स्वरुपमा केही प्रभाव पारेको पर्यटकले गुनासो गर्ने गरेका छन् । महानगरपालिकाले हाल फेवातालमा फैलिएको जलकुम्भी झार हटाउने मेसिल ल्याए पनि केही ठाउँ प्राविधिक हिसाबले काम गर्न कठिनाइ भएकाले जलकुम्भी झार तालमा देखिएको आयोजना प्रमुख गोदारले बताए ।

करिब दुई साताअघि पोखरा महनगरपालिका वडा नम्बर ६ का वडा सदस्य हरिकृष्ण पहारीसहितको टोलीले करिब दुई साताजसो निरन्तर रुपमा फेवातालबाट जलकुम्भी झार फालेको भए पनि हाल पुनः तालमा जलकुम्भी झार देखिएको छ । तीन दिनदेखि पुनः जलकुम्भी झार हटाउने अभियानमा महानगरपालिका लागेको गोदारले जनाए ।

जलकुम्भी फाल्दा तालको किनारा भागमा थुपार्नुपरेकोले उक्त झारलाई कसैले कुनै प्रयोजनका लागि लैजान सक्ने महानगरपालिकाले सूचना नै जारी गरी आह्वान गरेको छ । फेवाताल संरक्षणका नाममा स्थापना भएका धेरै संघ–संस्थाले फेवातालको दिगो रुपमा संरक्षण तथा सम्वर्धनमा लागेको पाइँदैन ।

प्रकाशित समय : ०१:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु