गृहपृष्ठ प्रधानसेनापतिमा पूर्णचन्द्र थापा
प्रधानसेनापतिमा पूर्णचन्द्र थापा
सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । प्रधानसेनापति राजेन्द्र क्षति विदामा बसेपछि थापाले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए । संविधानको धारा २६७ (५) अनुसार राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा प्रधानसेनापतिको नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।
जंगी अड्डाको दोस्रो वरीयतामा रहेका बलाधिकृत रथी (लेफटनेन्ट जनरल) बलदेवराज महतको अवकाशसँगै बलाध्यक्ष रथी थापा प्रधानसेनापतीमा एक्लो दावेबार बनेका हुन् । महतले गएको १६ कात्तिकदेखि ५८ वर्ष उमेर हदले अनिवार्य अवकाश पाएका थिए । पछि तेस्रो मर्यादामा रहेका थापा दोस्रो मर्यादामा उक्लेका थिए ।
जंगी अड्डाको मर्यादाक्रममा प्रधानसेनापति क्षत्रीको अवकाशपछि प्रधानसेनापति थापा नियुक्त भएका छन् । थापाको स्थानमा युद्ध कार्य महानिर्देशक प्रमुख उपरथी हेमन्त कुँवरको नाम सिफारिस छ । कुँवरको ठाउँमा सहायक रथी झंकरबहादुर कडायत बढुवा हुनेछन् । यसबारे मन्त्रिपरिषद्ले निर्णय लिनेछ । प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल आगामी वर्षको २४ भदौसम्म रहे पनि उनी विवादमा बसेकाले सरकारले थापालार्ई नियुक्त गरेको हो ।
प्रकाशित समय : ०१:०२ बजे



















