global ime bank Long Banner Ad

गृहपृष्ठ प्रथम मिलिजुली ब्याडमिन्टन प्रतियोगिताको उपाधि बस्नेत र भण्डारीको जोडीलाई

प्रथम मिलिजुली ब्याडमिन्टन प्रतियोगिताको उपाधि बस्नेत र भण्डारीको जोडीलाई

प्रथम मिलिजुली ब्याडमिन्टन प्रतियोगिताको उपाधि बस्नेत र भण्डारीको जोडीलाई

 

प्रथम मिलिजुली व्याडमिन्टन प्रतियोगिताको उपाधि मदन बस्नेत र अजय भण्डारीको जोडीले जितेको छ । पोखरा लामाचौरको नव आदर्श सामुदायिक विकास समाजले लामाचौर तीज महोत्सवको सन्दर्भमा पोखरामा हालै आयोजना गरेको प्रतियोगितामा बस्नेत र भण्डारीको जोडीले अनिल बस्नेत र डम्मर केसीको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो ।

त्यसैगरी, ४५ वर्षमाथि उमेर समुहको भेट्रान्सतर्फको खेलमा मिन गुरुङ र कृष्णप्रसाद अधिकारीको जोडीले मौदसिंह भण्डारी र यज्ञबहादुर बस्नेतको जोडीलाई पराजित गर्दै उपाधि जितेको छ । प्रतियोगितामा १५ टिमको सहभागिता रहेको समाजका कार्यालय सचिव शुसिल थापाले बताए ।

पोखरा महानगरपालिका–१९ का अध्यक्ष शोभामोहन पौडेलले प्रतियोगिता उद्घाटन गर्दै समाजले कला संस्कृतिसँगै खेलकुदको क्षेत्रमा समेत विभिन्न प्रतियोगिता आयोजना गरी खेलकुदको विकासमा टेवा पुर्याएको बताए ।

प्रकाशित समय : ०१:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु