global ime bank Long Banner Ad

गृहपृष्ठ कोरिया लैजाने भन्दै लाखौं ठगी

कोरिया लैजाने भन्दै लाखौं ठगी

कोरिया लैजाने भन्दै लाखौं ठगी

 

कास्कीका दुई युवा रोजगारीका लागि दक्षिण कोरिया पुग्ने लोभमा लाखौं ठगिएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२, चिप्लेटीका नारायण भण्डारी र अमर विक कोरिया पुग्ने लोभमा ठगिएका हुन् । कोरिया पठाइदिने भन्दै कास्की ल्वाङ घलेलका ४६ वर्षीय ओम तामाङले साढे पाँच लाख रकम लगेको उनीहरुले बताएका छन् ।

तामाङले कोरिया पठाइदिन्छु भनेर दुई वर्षअघि ५ लाख ५० हजार रुपैयाँ भण्डारी र विकले बताएका छन् । तामाङलाई विकले नेपाली कागजमा भर्पाई गरी ३ लाख रुपैयाँ बुझाएको पाइएको छ भने भण्डारीले दुई किस्ता गरी २ लाख ५० हजार दिएका छन् ।

पहिलो ६ महिनामा केरियाको भिसा बिग्रेको भन्दै उनीहरुलाई आलटाल गर्दै हिँडेका तामाङले एक वर्षयता कोरिया लैजान नसक्ने प्रतिक्रिया दिँदै आए पनि लगेको रकम फिर्ता नगरेको ठगिएका युवाले बताए । तामाङले भने आफू परिबन्धमा मात्र परेको तर युवाको रकम नठगेको बताए । ‘अबको १९ दिनभित्र साँवा–ब्याज फिर्ता गरिदिन्छु,’ उनले भने, ‘मामाबाट आउने पैसा नआएर हो, आउनेबित्तिकै पठाइदिन्छु ।’ आफूले दुई जनालाई विगतमा कोरिया पठाएको पनि उनले दाबी गरे ।

प्रकाशित समय : २३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु