global ime bank Long Banner Ad

गृहपृष्ठ लक्ष्यभन्दा १८ करोड बढी राजस्व संकलन

लक्ष्यभन्दा १८ करोड बढी राजस्व संकलन

लक्ष्यभन्दा १८ करोड बढी राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको साउनमा ६८ करोड २३ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले साउनका लागि ५० करोड ७८ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा लक्ष्यभन्दा करिब १८ करोड बढी संकलन गरेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा कार्यालयले ४३ करोड १२ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख दिलिप गौतमले जानकारी दिए । ‘साउनमा आयकरको लक्ष्य १४ करोड ८६ लाख ७५ हजार रुपैयाँ रहेकोमा २२ करोड ६६ लाख ६२ हजार रुपैयाँ असुली भएको छ,’ उनले भने ।

गत आर्थिक वर्षको सोही अबधीमा आयकर लक्ष्य ९ करोड ८६ लाख ७८ हजार रुपैयाँ रहेको भए पनि लक्ष्यभन्दा बढी अर्थात् १० करोड ३१ लख ९५ हजार रुपैयाँ संकलन भएको थियो । त्यसैगरी, साउनमा बहाल कर एक करोड १५ लाख ९६ हजार, ब्याजकर लक्ष्य १ करोड १३ लाख रुपैयाँ रहेकोमा असुली १ करोड ५५ लाख ५८ हजार रुपैयाँ भएको छ ।

यो अवधिमा मूल्य अभिवृद्धि करको लक्ष्य २१ करोड ५० लाख ५५ हजार रुपैयाँ रहेको भए पनि असुली लक्ष्यभन्दा कम १७ करोड ८४ लाख ५० हजार रुपैयाँमात्र भएको कार्यालयले जनाएको छ । त्यस्तै, अन्तःशुल्क करको लक्ष्य १३ करोड ३ लाख १० हजार रुपैयाँ रहेकोमा लक्ष्यभन्दा बढी अर्थात् २० करोड ९० लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

चालू आर्थिक वर्षको साउनमा स्वास्थ्य सेवा करबापत ३ करोड ४९ लाख ७५ हजार रुपैयाँ संकलन भएको छ । गत आर्थिक वर्षको सोही महिनामा स्वास्थ्य सेवाकरको लक्ष्य २ करोड ४३ लाख ६१ हजार रुपैयाँ रहेकोमा असुली २ करोड ७ लाख ४५ हजार रुपैयाँ संकलन भएको थियो । साउनमा शिक्षा सेवा शुल्क ६२ लाख ५२ हजार रुपैयाँ असुली भएको कार्यालय प्रमुख गौतमले जानकारी दिए ।

प्रकाशित समय : २३:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु