गृहपृष्ठ बागमती

राजपा विवाद मिल्यो, महन्थ ठाकुर संसदीय दलको नेता बन्ने पक्का
राजपा विवाद मिल्यो, महन्थ ठाकुर संसदीय दलको नेता बन्ने पक्का

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा संसदीय दलको नेता चयनको विषयमा चर्किएको विवाद मिलेको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर नै संसदीय दलको नेता बन्ने पक्का भएको छ । तर, औपचारिक निर्णय शनिबार बस्ने अध्यक्ष मण्डलको बैठकले गर्नेछ । ‘आउँदो...

सूर्यविनायकमा चिडियाखाना विस्तारको तयारी
सूर्यविनायकमा चिडियाखाना विस्तारको तयारी

सदर चिडियाखाना भक्तपुरस्थित सूर्यविनायकमा विस्तारको तयारी भएको छ । जावलाखेलको सानो क्षेत्रमा रहेको चिडियाखाना सूर्यविनायकको ठूलो क्षेत्रफलमा पनि फैलने सदर चिडियाखानाले जनाएको छ । सूर्यविनायक जङ्गलमा प्राणी उद्यान केन्द्रका रुपमा राखिने सदर चिडियाखानाका प्रमुख चीरञ्जीवी पोखरेलले बताए । जावलाखेलमा भन्दा...

ट्रिप्परको ठक्करबाट १ को मृत्यु, १ घाइते
ट्रिप्परको ठक्करबाट १ को मृत्यु, १ घाइते

भक्तपुरबाट काठमाडौँ आउँदै गरेको बा. ४ ख ८७२५ नम्बरको ट्रिप्परले बा. ८५ प ७१६ नम्बरको मोटरसाइकललाई जडीबुटीमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा परी भक्तपुरको सल्लाघारी बस्ने रोयल सुवेदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।...

ललितपुर महानगरको बजेट चार अर्ब ५१ करोड
ललितपुर महानगरको बजेट चार अर्ब ५१ करोड

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चार अर्ब ५० करोड ७२ लाख ८७ हजारको बजेट प्रस्ताव गरेको छ । महानगरपालिकाले सोमबार आयोजना गरेको नगरसभामा बजेट प्रस्तुत गर्दै महानगरकी उपप्रमुख गीता सत्यालले सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक स्रोत, सडक...

खेलकुद क्षेत्रको पनि सिन्डिकेट हटाइन्छ : गृह मन्त्री थापा
खेलकुद क्षेत्रको पनि सिन्डिकेट हटाइन्छ : गृह मन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले खेलकुद क्षेत्रमा समेत सिन्डिकेट रहेको भन्दै त्यसलाई हटाइने बताएका छन् । नेपाल मगर खेलकुद संघले आयोजना गरेको मगर खेलाडी सम्मान तथा सांस्कृतिक कार्यक्रममा गृहमन्त्री थापाले केही व्यक्ति र समूहले खेलकुद क्षेत्रमा सिन्डिकेट चलाउन खोजेको भन्दै त्यो स्वीकार्य...

रामपुर क्याम्पसमा ६ वर्षपछि पढाई शुरु
रामपुर क्याम्पसमा ६ वर्षपछि पढाई शुरु

त्रिभुवन विश्वविद्यालयले छ वर्षपछि रामपुर क्याम्पसमा पुनः पढाई शुरु गरेको छ । पश्चिम चितवनको रामपुरमा रहेको जग्गा र संरचना कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) लाई दिने निर्णय सरकारले गरेसंँगै रामपुरमा त्रिविको पढाई रोकिएको थियो । त्रिवि र एएफयुबीचको विवादका...

हिमवत् खण्ड कला साहित्य सम्मेलन सुरु
हिमवत् खण्ड कला साहित्य सम्मेलन सुरु

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले हिमवत् खण्ड कला साहित्य सम्मेलन यहि असार २९ गते देखि ३१ गते सम्म गर्ने भएको छ । सम्मेलन २९ गते राष्ट्रिय नाचघर जमलमा सुरु भई ३१ गते चन्द्रागिरीको कबर्ड हलमा सम्पन्न हुने आयोजकले जनाएको छ...

अनैतिक सम्बन्ध थाहा पाएपछि बालिकाको हत्या
अनैतिक सम्बन्ध थाहा पाएपछि बालिकाको हत्या

  काभ्रेको तेमाल गाँउपालीका १ आधाबाटोमा एक बालिकाको निर्ममतापूर्वक हत्या भएको छ । जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रहरी उपरिक्षक (एसपी) रबिराज खड्काले दिएको जानकारी अनुसार बुधबार राती ९ बर्षीय एलिसा तामाङको हत्या भएको हो । अनैतिक सम्बन्धको पोल खोल्ने डरले...

प्रधानमन्त्री भारत र चीनसामु लम्पसार परे : देउवा
प्रधानमन्त्री भारत र चीनसामु लम्पसार परे : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारत र चीनसामु लम्पसार परेको आरोप लगाएका छन् । शनिबार रामेछापको मन्थलीमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै देउवाले प्रजातान्त्रिक मूल्य र मान्यतालाई कुल्चिएर सरकार निरंकुशतातर्फ उन्मुख भएको टिप्पणी गरेका हुन् ।...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

शनिबार बिहान शंखमूलमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान ५ बजे बा ८० प ११५३ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक ललितपुरका ३२ वर्षीय उमेश महर्जनको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी...