global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

शनिबार बिहान शंखमूलमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान ५ बजे बा ८० प ११५३ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक ललितपुरका ३२ वर्षीय उमेश महर्जनको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले दुर्घटनामा घाइते दुई जनामध्ये उपचारका क्रममा महर्जनको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जानकारी दिए ।

दुर्घटनाबाट गम्भीर घाइते भएका शंखमूल बस्ने २२ वर्षीय रमन बस्नेतको सोही अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ ।

(रासस)

प्रकाशित समय : १९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु