काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

खोलाले बगाउँदै गरेको बालकको सकुशल उद्धार

8.83K
shares

मोरङ प्रहरीले खोलाले बगाउँदा–बगाउँदै गरेको एक बालकको सकुशल उद्धार गरेको छ । बिहीबार बेलुका मोरङको केराबारी गाउँपालिका–७ र ८ को बीचमा पर्ने खदम खोलाले केराबारी गाउँपालिका–७ बस्ने अमृत दुलालका ६ वर्षीय छोरा अनसल दुलाललाई खोलाले बगाएर ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएका प्रहरी जवान रामविनय यादव र प्रहरी जवान सुरेश थामीले सकुशल उद्धार गरेका हुन् ।

बालकलाई देखेपछि खोलामा हामफालेर बालकलाई सकुशल उद्धार गरिएको उनीहरुले बताए । बालकलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराई उनका अभिभावकको जिम्मा लगाइएको मोरङ प्रहरीले जनाएको छ ।