काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पार्टी र सरकारविरुद्ध मुद्दा लिएर सरिता गिरी सर्वोच्चमा

15.83K
shares

सांसदमा पुनर्बहालीको मागसहित सरिता गिरीले सर्वोच्‍च अदालतमा पार्टी र सरकारविरुद्ध मुद्दा दर्ता गराएकी छन् । आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको भन्‍दै उनले आइतबार सर्वोच्चमा मुद्दा दर्ता गराएकी हुन् ।

संसदीय दलको सिफारिसमा मात्र आफूलाई केन्द्रीय समितिले कारबाही गर्न सक्ने भएकाले पदाधिकारी बैठकबाट लिइएको निर्णय अवैधानिक हुने गिरीको तर्क छ ।

लिम्यिाधुरा सहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन विधेयकविरूद्ध प्रस्ताव दर्ता गरेको र सो प्रस्ताव फिर्ता गर्न पार्टीले दिएको निर्देशन उनले अवज्ञा गरेकी थिइन् । यसका साथै गिरीले राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई पार्टीले कारबाही गरेको थियो ।