४ वटाबाहेक अन्य भारतीय न्यूज च्यानलको प्रसारण सुचारु
वि.सं.२०७७ असार २९ सोमवार १८:३९
shares

केबल अपरेटरहरूले चारवटाबाहेक अन्य भारतीय न्यूज च्यानलको प्रसारण सुचारू गरेका छन् । बाँकीका लागि भने यसअघि लगाइएको रोक कायमै राख्ने भएका छन् । अरु च्यानलहरु भने प्रसारण हुनेछन् ।
जी-न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्न केबल अपरेटरहरूको आइतबार बसेको बैठकले निर्णय गरेको हो । डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यका अनुसार डिसहोममा सुरुदेखि नै यी चार वटा न्यूज च्यानलको मात्र प्रसारण रोकेको थियो । तर केही केबल अपरेटरहरुले अरु च्यानलको पनि प्रसारण रोकेको पाइएको छ ।
नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रामक एवं आपत्तिजनक समाचार प्रसारण गरेपछि असार २५ मा भारतीय न्यूज च्यानलको प्रसारणमा सरकारले रोक लगाएको थियो ।

























