काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

५० प्रतिशतले घट्यो जुम्लामा स्याउ उत्पादन

15.86K
shares

गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यस वर्ष नफलेपछि चिन्तित छन् ।

वर्षभरि दुःख गर्दा पनि स्याउ नफल्दा १० जनाको परिवार कसरी पाल्ने भन्ने पिरलो हुन थालेको तिला गाउँपालिका –१ राराका स्याउ किसान महेन्द्र बुढाले बताए । कृषि विकास कार्यालयका जुम्लाका अनुुसार जिल्लाका १६ हजार घरपरिवारले स्याउखेती गर्दै आएका छन् ।

स्याउ रोपिएको जमीनमा अन्न उत्पादन हुँदैन । ‘यस पटक न किसानसँग स्याउ छ, न त खाने अन्न । असिना पानी, खडेरी र कालो तुषारोले स्याउ सखाप पारिदियो,’ वरिष्ठ स्याउ किसान रामसिंह रावलले बताए । गत वर्ष जिल्लामा स्याउबाटै ३४ करोड रुपैयाँ आम्दानी भएकामा यस वर्ष असिनापानी र कालो तुषारोले ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए ।

पाँच वर्ष अघिदेखि स्याउको बिमा सुरु भए पनि जिल्लाभर एक हजार २४७ जनाले मात्रै स्याउको बिमा गरेको शिखर बिमा कम्पनी शाखा जुम्लाले जनाएको छ ।