काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सनराइज बैंकका ग्राहकलाई भाटभटेनी सुपरमार्केटमा विशेष छुट

14.34K
shares

सनराइज बैंकले कार्ड तथा ई-बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरु सुरु गर्दै लैजाने योजनाअनुसार आगामी चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि विशेष योजना प्रस्तुत गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकहरुले आफ्ना डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा सामान खरिद गरी कार्डमार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रतिकारोबार अधिकतम पाँच सय रुपैयाँसम्म तत्काल छुट पाउने व्यवस्था गरिएको छ ।

सनराइज बैंकले आफ्नो १३औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाँड्न २०७७ असोज २५ देखि कात्तिक ११ सम्मका लागि यो योजना ल्याएको हो ।