काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विश्वभर ३ करोड ७४ लाख जनसंख्यामा पुग्यो कोरोना

9.24K
shares

विश्वभर कोरोनाभाइरसबाट ३ करोड ७४ लाख ६७ हजार ८९२ जना संक्रमित भएका छन् भने १० लाख ७७ हजार ४९५ जनाको मृत्यु भएको छ । यो तथ्यांक आइतबार बिहानसम्मको हो ।

बितेका २४ घण्टामा मात्रै विश्वमा ३ लाख ५५ हजार ८७८ जना संक्रमित थपिएसँगै ३ करोड ७४ लाख ६७ हजार ८९२ जनामा कोरोनाभाइरस पुगेको हो । त्यस्तै हालसम्म कोरोनालाई जितेर दुई करोड ८१ लाख १२ हजार ५५२ जना डिस्चार्ज भएका छन् ।

हाल विश्वभर सक्रिय संक्रमितको संख्या ८२ लाख ७७ हजार ८४५ रहेको छ । जसमध्ये ६८ हजार ६३२ जनाको अवस्था गम्भिर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सबैभन्दा बढी कोरोनाभाइरस फैलिएको अमेरिकामा बितेका २४ घण्टामा मात्रै ५० हजार ८७६ जना संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा संक्रमित हुनेको संख्या ७९ लाख ४५ हजार ५०५ पुगेको छ । अमेरिकामा कोरोनाबाट दुई लाख १९ हजार २८२ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा ५० लाख ८९ हजार ८४२ जना निको भएर घर फर्किसकेका छन् ।

सबैभन्दा बढी भाइरस फैलिएको दोस्रो छिमेकी राष्ट्र भारतमा संक्रमितको संख्या ७० लाख ५१ हजार ५४३ छ भने एक लाख ८ हजार ३७१ जनाले ज्यान गुमाएका छन् । हालसम्म ६० लाख ७४ हजार ८६३ जना कोरोनालाई जितेर घर फर्केका छन् ।