global ime bank Long Banner Ad

गृहपृष्ठ ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप, घट्दै सीडी रेसियो

९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप, घट्दै सीडी रेसियो

९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप, घट्दै सीडी रेसियो

तरलताको अभाव रहेको भनिएका बैंक तथा वित्तीय संस्थामा पछिल्ला दिनमा उल्लेख्य सुधार देखिएको छ । वाणिज्य बैंकको निक्षेपमा सुधार देखिएपछि त्यसको प्रभाव पनि सकारात्मक परेको छ ।

गत जेठ महिनाको तुलनामा असार महिना लागेसँगै वाणिज्य बैंककोे निक्षेप संकलन ९४ अर्ब रूपैयाँले बढेको पाइएको छ । नेपाल बैंकर्स संघका अनुसार गत जेठ महिनामा वाणिज्य बैंककोे कूल निक्षेप ४४ खर्ब रहेकामा असार २४ गतेसम्म ४४ खर्ब ९४ अर्ब पुगेको हो । पछिल्लो समय निरन्तर रुपमा घटेको निक्षेप असार महिना लागेसँगै केही सुधार देखिएको छ ।

संघकाे तथ्यांकअनुसार असार पहिलो साता वाणिज्य बैंकको निक्षेप संकलन (३ गते) ४३ खर्ब ९४ अर्ब, असार दोस्रोे साता (१० गते) ४३ खर्ब ९८ अर्ब र असार तेस्रो साता (१७ गते) ४४ खर्ब ३२ अर्ब रहेको थियो । असारमा निक्षेपमा सुधार आए पनि कर्जा लगानी भने घटेको छ । गत जेठ महिनाकोे तुलनामा असारको २४ गतेसम्म १९ अर्बले कर्जा लगानी घटेको हो । गत जेठ मसान्तसम्म कूल ४१ खर्ब ९३ अर्ब कर्जा लगानी गरेका बैंकले असार चौथो सातासम्म कूल ४१ खर्ब ७४ अर्बमात्रै कर्जा लगानी गरेका हुन् ।

यस्तै, एक सातामा वाणिज्य बैंककोे कर्जामा दश अर्ब गिरावट देखिएको छ । असार १७ गतेसम्म ४१ खर्ब ८४ अर्ब कर्जा लगानी रहेकोमा असार २४ गतेसम्म ४१ खर्ब ७४ अर्ब पुगेको हो । यस्तै, वाणिज्य बैंककोे कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) पनि घट्दै गइरहेको छ । असार २४ गतेसम्म वाणिज्य बैंककोे औसत सीडी रेसियो ८८.५७ प्रतिशत पुगेको हो ।

प्रकाशित समय : ०१:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु