global ime bank Long Banner Ad

गृहपृष्ठ अध्यक्ष नेपाल र जियानचाओबीच भेटवार्ता

अध्यक्ष नेपाल र जियानचाओबीच भेटवार्ता

अध्यक्ष नेपाल र जियानचाओबीच भेटवार्ता

नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्ता गरेका छन् । काठमाडौँस्थित होटेल एभरेष्टमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, नेताहरू जयन्ती राई, प्रमेश हमाल, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा र मोहन गौतम सहभागी थिए ।

यसअघि जियान्चाओले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेताहरुसँग भेटवार्ता गरेका थिए । सो क्रममा उनले एमालेसहित सबै दलसँग सुदृढ सम्बन्ध आफ्नो प्राथमिकतामा रहेको बताएका थिए । 

प्रकाशित समय : ०१:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु