global ime bank Long Banner Ad

गृहपृष्ठ नागरिक लगानी कोषको ब्याजदर बढ्यो

नागरिक लगानी कोषको ब्याजदर बढ्यो

नागरिक लगानी कोषको ब्याजदर बढ्यो

नागरिक लगानी कोषद्वारा सञ्चालित विभिन्न कार्यक्रमका सहभागीहरुलाई प्रदान गरिने ब्याजदरमा वृद्धि भएको छ । २०७९ साउन १ देखि लागू हुने गरी कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरुलाई बार्षिक ८ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने नागरिक लगानी कोषले जनाएको छ ।

यसअघि कोषले यसै कार्यक्रमका ३ लाखभन्दा बढी सहभागीलाई २०७७ असारको नाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने निर्णय गरेको थियो । त्यसैगरी कोषद्वारा सञ्चालित उपदान, लगानीकर्ता र नार्क बिमा कार्यक्रममा पनि १ दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको छ । यस्तो प्रतिफल २०७८ असार मसान्तमा मौज्दात रहेको रकमलाई आधार मानी प्रदान गरिने कोषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिए ।

उनका अनुसार उक्त अवधिमा यी कार्यक्रममा कायम रहेका सबै सहभागीहरुको कोषमा रहेको खातामा कोषको साधारण सभा सम्पन्न भएपछि जम्मा गरिने व्यवस्था मिलाइएको छ । उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको सिफारिसमा व्यक्तिगत खाता खोलिएको भए व्यक्तिगत खातामा उक्त प्रतिफल राख्ने र व्यक्तिगत खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा उक्त प्रतिफाल राख्ने व्यवस्था कोषले गरेको सूचना अधिकारी सिलवालले बताए ।

यस्तो प्रतिफल उपदान कार्यक्रममा ४० करोड ५० लाख रुपैयाँ र लगानीकर्ता कार्यक्रममा १० करोड ६२ लाख रुपैयाँ गरी ५१ करोड १२ लाख रुपैयाँ प्रदान गर्नुपर्ने हुन आउँछ ।

प्रकाशित समय : १९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु