nmb bank

गृहपृष्ठ यी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला आजको मौसम ?

यी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला आजको मौसम ?

यी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला आजको मौसम ?

सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा आज बिहानैबाट मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । 'राति प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम तथा लुम्बिनी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ,' विभागले भनेकाे छ ।

प्रकाशित समय : १२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु