nmb bank

गृहपृष्ठ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो बस्ने बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ ।

केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि आइतबार कांग्रेस पदाधिकारी बैठक बसेको थियो । बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानलाई अन्तिम रुप दिई स्वीकृत गरेर आजदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय गरेको छ । बैठकले आदिवासी जनजाति महासंघ, थारू संघलाई भ्रातृ संस्थाको मान्यता दिँदै विधानलाई अन्तिम रूप दिई स्वीकृत गरेको छ ।

यसैगरी शुभेच्छुक संस्थाका रुपमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय संघलाई शुभेच्छुक संस्थाका रुपमा मान्यता दिने बैठकले निर्णय गरेको पार्टीका मुख्यसचिव एवं राष्ट्रियसभाका सांसद कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको इतर समूहले भने सरकार भ्रष्टाचारमा डुबेको भन्दै कामकारबाहीबारे पनि समीक्षा हुनुपर्ने बताएको छ । आइतबार कोइरालाको सचिवालयमा भएको पदाधिकारी तथा केन्द्रीय सदस्य भेलाले सरकारका कामकारबाहीबारे गम्भीर समीक्षा हुनुपर्ने र सभापतिले विधि र विधानअनुसार काम गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रकाशित समय : १३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु