global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल एसबीआई बैंकले मनायो २९औं वार्षिकोत्सव

नेपाल एसबीआई बैंकले मनायो २९औं वार्षिकोत्सव

नेपाल एसबीआई बैंकले मनायो २९औं वार्षिकोत्सव

नेपाल एसबीआई बैंकले बिहीबार आफ्नो २९औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पारे ।

उनले बैंकको दीगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी लिनुपर्नेमा पनि जोड दिए । त्यसैगरी बैंकका डेपुटी सीईओ तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले बैंकको उपलब्धिमा योगदान पुर्‍याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै निरन्तरता दिन आग्रह गरे । प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्तले सबै सहभागीलाई धन्यवाद ज्ञापन गरे । यसका साथै, बैंकले भर्चुअल सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरेको थियो । जसमा सबै शाखा कार्यालयका कर्मचारीहरुले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।

बैंकले ९१ शाखा, २१ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, ९ शाखारहित बैंकिङ सेवा, १२९ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय : १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु