nmb bank

गृहपृष्ठ कपिलवस्तुमा भारतीय अनुदानबाट बनेका दुई विद्यालय भवनको उद्घाटन

कपिलवस्तुमा भारतीय अनुदानबाट बनेका दुई विद्यालय भवनको उद्घाटन

कपिलवस्तुमा भारतीय अनुदानबाट बनेका दुई विद्यालय भवनको उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका-९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्मित दुई विद्यालय भवनहरू बिहीबार उद्घाटन भएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका-९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्माण गरिएका विद्यालय भवनहरू उद्घाटन गरेका हुन् ।

शिक्षा क्षेत्रमा भारत-नेपाल विकास सहकार्यअन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग ५ करोड ९२ लाख रुपैयाँ लागतमा यी परियोजनालाई अघि बढाइएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित समय : १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु