गृहपृष्ठ अर्थमन्त्री शर्माद्वारा राजीनामा घोषणा

अर्थमन्त्री शर्माद्वारा राजीनामा घोषणा

अर्थमन्त्री शर्माद्वारा राजीनामा घोषणा

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले राजीनामा दिएका हुन् । 

आफूले गल्ती नगरेको उनको दाबी थियो । उनले छानबिनका लागि मार्गप्रशस्त गर्दै राजीनामा दिएको बताए । 

छानबिन समितिलाई काम गर्न सहजता प्रदान गर्न राजीनामा दिएको जानकारी दिँदै उनले छानबिन समिति गठनको स्वागत गर्दै समितिको प्रतिवेदन स्वीकार्य रहने पनि बताए ।

एमालेसहितका सांसदले अर्थमन्त्रीको राजीनामा माग्दै आएका थिए । अर्थमन्त्री शर्माले राजीनामा नदिएको भन्दै बुधबारकै प्रतिनिधिसभाको बैठक एमालेले बहिस्कार गरेको थियो । 

प्रकाशित समय : २२:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु