काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अर्थमन्त्री शर्माको भाषण एमालेद्वारा बहिस्कार

11.03K
shares

नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको मन्तव्य नसुनी प्रमुख प्रतिपक्ष दलले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ ।

बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्माले राजीनामा नदिएको भन्दै एमालेले संसद बैठक बहिस्कार गरेका हुन् ।

एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्री शर्मामाथि छानबिन गर्नका लागि समिति बनाई सकेकाले भन्दै रोष्ट्रममा उभिएर धारणा राख्न नपाउने बताए ।

 ‘अर्थमन्त्रीमाथि संसदीय छानबिन समितिमा बनेको छ, संसदीय छानबिन परेको व्यक्तिले कि त राजीनामा दिनुपर्छ कि त बर्खास्त गर्नुपर्छ । तर, यहाँ मन्तब्य दिन बोलाइएको छ, यो मान्य हुने छैन ।’ 

एमालेले बहिस्कार गरे पनि अर्थमन्त्री शर्माले भने संसद बैठकमा धारणा राखिरहेका छन् ।