अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित विशेष समितिमा को-को ? (सूचीसहित)
वि.सं.२०७९ असार २२ बुधवार २२:०६
shares

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को मागबमोजिम ११ सदस्यीय छानबिन समिति गठन भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकमा समितिको घोषणा गरेका हुन् । समितिलाई १० दिनको समय दिइएको छ ।
समितिका सदस्यहरु :
एमाले
खगराज अधिकारी
प्रदीपकुमार ज्ञवाली
भानुभक्त ढकाल
विमला विक
कांग्रेस
पुष्पा भुसाल गौतम
सीताराम महतो
माओवादी
देवप्रसाद गुरुङ
शक्तिबहादुर बस्नेत
नेकपा (एकीकृत समाजवादी)
सुरेन्द्रप्रसाद यादव
जनता समाजवादी पार्टी (जसपा)
सरलाकुमारी यादव
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)
लक्ष्मणलाल कर्ण

























