दोहोरो अंकले बढ्यो नेप्से, काराेबार रकम भने घट्यो
वि.सं.२०७९ असार २२ बुधवार २१:४६
shares

बुधबार नेप्से परिसूचक १३.३३ अंकले बढेर २,०४३.९२ बिन्दुमा पुगेको छ । नेप्से बढे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ ।
बुधबार दुई अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँको सेयर कारोबार भएकोमा आज कारोबार रकम दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँ पुगेको छ । बुधबार भने नेप्से परिसूचक ४६.०८ अंकले घटेको थियो ।
आज कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये १३३ वटाको मूल्य बढेको छ भने ७९ वटाको मूल्य घटेको छ । आज लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य वृद्धिमा सकारात्मक सर्किट ब्रेक लागेको छ । यसपछि सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, कारोबारमा आएका १३ उपसमूहहरूमध्ये आज बैंकिङ, म्युचल फन्ड र नन लाइफ इन्स्योरेन्स बाहेक सबैको मूल्य बढेको छ । आज सबैभन्दा धेरै फाइनान्सको २.७२ प्रतिशत, लाइफ इन्स्योरेन्सको २.६८ र विकास बैंकको २.११ प्रतिशतले बढेको हो । कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै गुँरास फाइनान्सको ११ करोड ७२ लाख ८० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
यसपछि लाइफ इन्स्योरेन्स कर्पोरेसनको ११ करोड ५३ लाख ४६ हजार रुपैयाँ, सिभिल बैंकको १० करोड ५४ लाख ३६ हजार रुपैयाँ, हिमालयन डिस्टिलरीको ९ करोड २६ लाख ७१ हजार रुपैयाँ र अपर तामाकोशी हाइड्रोपावरको ८ करोड ६९ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।


























