गृहपृष्ठ बजेट निर्माणमा हाम्रो संलग्नता पुष्टि भए कारवाही भोग्न तयार छाैं : चौधरी ग्रुप
बजेट निर्माणमा हाम्रो संलग्नता पुष्टि भए कारवाही भोग्न तयार छाैं : चौधरी ग्रुप

चौधरी ग्रुपले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा आफूलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराप्रति ध्यानाकर्षण भएको जनाएको छ । ग्रुपका निर्देशक निर्वाण चौधरीले बजेट निर्माण प्रक्रियामा कुनै चासो र सरोकार नरहेको बताउँदै स्पष्ट पार्न चाहेको बताएका छन् ।
'बजेट निर्माण मामिलामा हाम्रो संलग्नताबारे बिनाआधार केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरुप्रति हामी खेद व्यक्त गर्दछौँ', उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'उहाँहरुले लगाउनु भएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ । यसबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन हामी सम्बन्धित निकायहरूलाई आग्रह गर्दछौँ ।’
बजेट निर्माणमा चौधरी ग्रुपको संलग्नता कहीँ कतै पुष्टि भएमा कारवाही भोग्न तयार रहेको उनले बताएका छन् । 'यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरू कारवाही भोग्न तयार हुनेछन् भन्ने अपेक्षा लिएका छौँ,' उनले भनेका छन् ।
नेटा भी विद्युतीय गाडीको नेपालमा आधिकारिक विक्रेता चौधरी ग्रुप हो । यो गाडी कर छुटको मापदण्डमा पर्ने गरी १ सय किलोवाटभन्दा माथिलाई मात्रै कर बढाइएको आरोप छ ।
प्रकाशित समय : २२:२८ बजे