काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बालाजुमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

15.77K
shares

काठमाडौँको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु पुल नजिक सडकमा बागमती प्रदेश ०२–०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ खोलाको नजिक ठोकिँदा काठमाडौँ लोलाङका २२ वर्षीय सविन परियारको आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा परी सख्त घाइते भएका परियारको उपचारका क्रममा नयाँ बजारस्थित पिपुल्स अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।  घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।