global ime bank Long Banner Ad

गृहपृष्ठ साताको दोस्रो दिन सेयर बजारमा गिरावट

साताको दोस्रो दिन सेयर बजारमा गिरावट

साताको दोस्रो दिन सेयर बजारमा गिरावट

साताको पहिलो कारोबार दिन आइतबार बढेको सेयर बजार दोस्रो दिन सोमबार भने गिरावट आएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.७५ अकंले घटेर २ हजार ७६.६७ बिन्दुमा कारोबार बन्द भएको छ । आइतबार नेप्से परिसूचक ५७.६१ बिन्दुले बढेर २ हजार ८६.३८ बिन्दुमा बन्द भएको थियो ।

आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २३४ कम्पनीको एक करोड नौ लाख ८१ हजार ५९१ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँको कारोबार भएको हो ।

अघिल्लो कारोबार दिनमा भने सेयर बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ४८ करोड चार लाख ७३ हजार ९९८ रुपैयाँको कारोबार भएको थियो ।

सेयर बजारमा आज शिवम् सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १७ करोड ५८ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो । त्यस्तै, हिमालयन डिस्टलरीको १६ करोड ९० लाख ५१ हजार रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको १२ करोड ९६ लाख ६७ हजार रुपैयाँ, अरुण काबेली पावरको ११ करोड ७८ लाख ८६ हजार रुपैयाँ र अप्पर तामाकोशी हाइड्रोपावरको ११ करोड ६७ लाख ३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित समय : २१:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु