गृहपृष्ठ गरिमा विकास बैंकद्धारा ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामग्री हस्तान्तरण
गरिमा विकास बैंकद्धारा ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामग्री हस्तान्तरण
गरिमा विकास बैंकले ट्राफिक प्रहरी वृत्तलाई जनचेतनामूलक सामग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो न्युरोड शाखाको समन्वयमा ट्राफिक प्रहरी वृत्त जनसेवा न्युरोडलाई ट्राफिक जनचेतनामूलक सामग्री हस्तान्तरण गरेको हो ।
बढ्दो ट्राफिक समस्या तथा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न ट्राफिक जनचेतनामूलक सामग्री अति नै उपयोगी हुने विश्वास बैंकले लिएको जनाएको छ ।
बैंकले १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटीएमबाट सरल, सुरक्षित एवम् गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय : १६:३५ बजे



















